२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते बस्ने

745 Shares
Spread the love

काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ । 

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाले केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ । 

बैठकमा लथालिंग रहेका भ्रातृसंस्थाको नेतृत्वका बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया