२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकार पूर्णतः असफल भएको ट्रेड युनियन कांग्रेसको ठहर

1317 Shares
Spread the love

काठमाडौं, मंसिर ९ । नेपाल ट्रेड युनियन कांग्रेसले वर्तमान सरकार पूर्णतः असफल भएको ठहर गरेको छ ।

ट्रेड युनियन कांग्रेसको यही मंसिर ५ र ६ गते सम्पन्न राष्ट्रिय परिषद् भेलाले कम्युनिस्ट सरकार मुलुकलाई सुशासन दिन असफल भएको ठहर गरेको हो ।

भेलाका निर्णयहरुबारे जानकारी दिन सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुष्कर आचार्यले राष्ट्रिय संवैधानिक श्रम आयोग गठन गर्ने प्रस्ताव भेलाले अघि सारेको जानकारी दिए ।

संस्थागतरुपमा भ्रष्टाचार मौलाएको, महँगीले आमश्रमजीवी वर्ग मारमा परेको, हत्या, हिंसा र बलात्कारका घटनाहरु बढेको तर सरकारले केही गर्न नसकेको पनि उनले बताए ।

युनियन परिषद्ले न्यूनतम् ज्याला र पारिश्रमिक सबै क्षेत्रमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका स्थानमा अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सरकारले कुटनीतिक प्रयासको माध्यमबाट निकास खोज्न मागसमेत गरेको छ ।

प्रतिक्रिया