928
Shares
दाङ, मंसिर ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाले जनजाति, आदिवासीलाई ‘भोट बैंक’का रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
सोमबार दाङको श्रीगाउँमा चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न उपनिर्वाचनमा नेकपा पराजित भए जनताले लुटतन्त्रबाट मुक्ति पाउने जिकिर गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको दोहोर्याउँदै उनले कांग्रेसले चुनाव जिते रोजगारीको सिर्जना हुने दाबी गरे ।
कांग्रेसले महिलालाई अधिकार दिनका लागि संविधान निमार्णका क्रममा राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमध्ये एक पदमा महिला हुनैपर्ने बाध्यकारी कानुन निर्माण गरेको उनको दाबी थियो ।