लण्डन । युरोपियन युनियनको कार्यकारी शाखा युरोपेली आयोगले उम्मेदवारहरुलाई सुझाव नगरी ‘ब्रिटेनलाई’ ईयु संधि सम्बन्धी दायित्वहरु उल्लघन गरेको आरोप लगाउदै औपचारिक सूचना ‘पत्र’ पठाएको छ । बेलायतका अधिकारीहरूसँग अब नोभेम्बर २२ सम्म उनीहरूको विचार बुझाउने छ, चिठीमा भनिएको छ ।
पत्रमा थप भनिएको छ कि ‘छोटो समयावधि अर्को आयोगले चाँडो भन्दा चाँडो अफिसमा प्रवेश गर्नुपर्दछ । उक्त पत्रमा यो पनि भनिएको छ कि युकेले अनुच्छेद ५० अवधि थप गर्न अनुरोध गरेको थियो र त्यसैले ईयू सन्धि अन्तर्गत आफ्नो दायित्व याद गर्न सकेको छैन ।
पत्रमा भनिएको छ कि बेलायती अधिकारीहरूले डिसेम्बर १२ मा हुने आम चुनावको कारण आफू उम्मेद्वारलाई सुझाउ दिन सक्ने अवस्थामा छैनन् । तर बेलायती प्रधानमन्त्री जोनसनले कानुनी रूपमा बाध्यता भए पनि नया कमिश्नर नियुक्त नगर्ने बारम्बार भनेका थिए ।
उक्त पत्रमा भनिएको छ कि यो बेलायती अधिकारीहरूले कमिश्नर मनोनयन गर्न अस्वीकारको विश्लेषण गरिएको थियो र बेलायतलाई “यसको ईयू सन्धि सम्झौताको दायित्व उल्लंघन गरेको” पाइएको छ ।
सबै २८ सदस्य राष्ट्रहरूले युरोपियन युनियनको सन्धि अन्तर्गत एक कमिश्नर पठाउनुपर्छ, र कमिश्नरहरूले सामूहिक रूपमा युरोपियन युनियनको कार्यकारी कार्येसमिती गठन गर्छन ।
इयु आयोगले हाल डिसेम्बर १ मा पदभार लिनको लागि छनौट प्रक्रिया समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । यदि ब्रेक्सिट जनवरी २०२० मा भयो भने बेलायती आयुक्तले दुई महिना मात्र काम गर्नेछन् ।
बेलायती सरकारका प्रवक्ताले भने, ‘हामीले युरोपियन युनियनलाई यो कुराको पुष्टि दिनका लागि पत्र पठाएका छौं कि निर्वाचनपूर्व मार्गदर्शनले यो अवधिमा बेलायतले अन्तर्राष्ट्रिय नियुक्तिहरूको लागि सामान्यतया नामांकन गर्नु हुँदैन ।
एजेनसीको सहयोगमा