२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेपाली भूमि अतिक्रमण विरुद्द नेविसंघ चितवन : शहीदहरुको पंक्तिमा अाफुहरु उभिन तयार

1607 Shares
Spread the love

नेपाल विद्यार्थी संघ चितवनले भारतले नेपाली भूमि अतिक्रमण गरेको जारी गरेको नयाँ नक्साको विरोधमा अाज विहान विरोध र्याली गरेको छ।

भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा हालेको विरोधमा नेपाल विधयार्थी संघ चितवनले विरोध र्यार्ली गरेको छ । भरतपुरको बालकुमारी कलेजबाट निस्किएको हजारौँ विध्यार्थीको विरोध र्याली लाईनस् चोक , सहिद चोक हुँदै पुलचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कैलास कोइरालाले जब सम्म चन्द्र र सुर्य रहन्छ तब सम्म अभिराज्य नेपाल रहन्छ । नेपाली जनता अाजसम्म झुकेको ईतिहास छैन भन्नु भयो । त्यस्तै गरि विशिष्ट अतिथि ने वि संघका नि. केन्द्रिय कोषाध्यक्ष शिव रिमालले भारतले यस्तै रवैया कायम राखे देश भरिका विध्यार्थीहरु अान्दोलित हुने र त्यसको नेतृत्व ने वि संघले गर्ने बताउनु भयो । खोक्राे राष्ट्रियताको कुरा गर्ने के पि वली अाई . सि. युमा के गर्दै छन् । जनताले यस्को जवाफ मागेका छन् ।

त्यस्तै ने वि संघ चितवनका अध्यक्ष सुर्य ढकालले नेपाल कहिले पनि उपनिवेश नभएको र नबनेको गौरवपुर्ण ईतिहास स्मरण गराउनु भयो । अखण्ड नेपाल सार्वभौम नेपाल प्रति कसैले गिद्धे दृष्टि लगाए विर बलभद्र कुवंर , भक्ति थापा , अमर सिंह थापा र भिनसेन थापा लगायत शहीदहरुको पंक्तिमा अाफुहरु उभिन तयार भएको चेतावनी दिनु भयो ।

र अर्का वक्ता ले भारतको ज्याजती अन्त्य नभएर सडक संघर्ष गर्न तयार रहेको भन्नु भयो । भारतीय हस्तक्षेप बन्द गर, लिपुलेख हाम्रो हो, सीमा मिच्न पाइँदैन, गोव्याक इण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने बाध्यता हुन सक्ने बताएका थिए ।

सरकारले यस विषयमा तत्काल समाधानको बाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाइ थियो । विरोधासभामा नेविसंघ चितवनका उपाध्यक्षहरु राजन दाहाल , विनिता चापागाई , प्रकाश भण्डारी , दिनेश पौडेल , रोशन वस्नेतले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन ने वि संघ चितवनका सचिव ई गणेष रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया