२०८३, १८ भाद्र बिहीबार
×

ट्रेन्डिङ

रोटरी क्लब अफ न्युयोर्क क्विन्सद्धारा ३ नेपालीलाई सम्मान

1410 Shares
Spread the love

आशिष तामाङ (M.T.)

न्युयोर्क । रोटरी क्लब अफ न्युयोर्क क्विन्स द्धारा सामाजिक काम गर्दै आएका ३ जना नेपालीलाई सम्मान गरिएको छ ।

सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप गर्दै आएका हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका अध्यक्ष अमृत लामा, एन.आर.एन.एन. सि.सि. अमेरिका अध्यक्ष सुनिल साह र रोटरी क्लब अफ न्युयोर्क क्विन्सका अध्यक्ष नवराज केसीलाई न्यूयोक स्टेट एसेम्बली मेमबर माइकल डेनडेकरले बिशेष सम्मान गरेका थिए ।

रोटरी क्लब, विश्वकै सबैभन्दा पुरानो एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, नेपालीहरुको संयुक्त पहलमा सन २०१७ मा रोटरी क्लब अफ न्युयोर्क क्विन्स स्थापना भएको थियो। संस्थाको नारा ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ (Service Above Self ) रहेको छ।

रोटरी क्लबले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन्।

समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा रोटरी क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आफ्नो क्रियाकलापमा विस्तार गरेको अध्यक्ष केसीले जानकारी दिनु भयो।

उक्त सम्मान समारोह रोटरी क्लब अफ न्युयोर्क क्विन्सले आयोजना गरेको थियो।

 

 

 

प्रतिक्रिया