२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

634 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडांैको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो। त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।

नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको सो विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो।

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ।

भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका केन्द्रीय सदस्य मनोज बैद्यले बताए। नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया