२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेविसंघ चितवनद्वारा भारतको नयाँ नक्साबारे विरोध प्रदर्शन

1649 Shares
Spread the love

चितवन, २६ कात्तिक
नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा गर्दै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । भारतले नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा लगाएतका क्षेत्रलाई आफ्नो नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शन सहित नक्सा जलाएको हो ।

भरतपुरको सप्तगण्डकी र मैयादेवि कन्या कलेजवाट निकालिएको विरोध ¥याली चौविसकोठी हुँदै पुलचोकमा पुगि कोण सभामा परिणत भएको थियो । कोणसभा सुरु हुनु अघि उनीहरुले भारतिय नक्सा जलाएका थिए । सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्याजति अन्तय नभएर सडक संघर्ष गर्न तयार रहेको वताएका थिए ।

भारतिय हस्तक्षेप वन्द गरे, लिपुलेख हाम्रोहो, सिमा मिच्न पाईदैन, गोव्याक ईण्डिया, हाम्रो देश हाम्रो माटो प्राण भन्दा प्यारो छ जस्ता नारा सहित प्रदर्शनमा उत्रिएका विद्याथीहरुले सरकारको मौनताका कारण अझै हेपिनु पर्ने वाध्यता हुन सक्ने वताएका थिए । सरकारले यस विषयमा तत्काल समाधानको वाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेविसंघ नेतृ कल्पना पौडेल, नेता प्रमेश्वर खनाल, विद्यार्थी नेताहरु कृष्ण वगाले, प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भूषाल लगाएतले सम्वोधन गर्नुभएको थियो ।

प्रतिक्रिया