२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

उपनिर्वाचन २०७६ः कास्की २ मा कति जनाको पर्यो उम्मेदवारी दर्ता ?

1333 Shares
Spread the love

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसका तर्फबाट खेमराज पौडेल, समाजवादी दलका तर्फबाट धर्मराज गुरुङ, साझा पार्टीका तर्फबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली काङ्ग्रेस (विपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्टिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गङ्गा मल्लले उम्मेदवारी दिएका छन् ।

त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनिल भुसालले उम्मेदवारी दिनुभएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया