2041
Shares
विल्टशायर । गाडीमा संलग्न ‘संदिग्ध गतिविधि’ भएको रिपोर्ट पछि विल्टशायरमा एउटा लरीको पछाडि १५ जना मानिस भेटिएको छ ।
विल्टशायर प्रहरी अनुसार उनीहरूलाई ए ५०५० चिपेनहम नजिकैको किंग्टन लांगले क्रसरोडमा बुधवार साँझ ८:३० भन्दा पहिले सार्वजनिक सदस्यले बोलाए पछि उक्त लरीबाट १५ जना मानिस भेटिएको हो ।
५० वर्ष आसपासका एक व्यक्तिलाई गैरकानुनी प्रवेशमा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ र उनलाई स्विन्डन प्रहरीको हिरासत राखिएको छ । पुलिसको भनाइ अनुसार लोरीमा फेला परेका सबै व्यक्ति १६ बर्ष भन्दा माथिको हो भन्ने विश्वास गरिन्छ र कुनै पनि व्यक्तिको अवस्था गम्भीर मानिएको छैन ।
एक व्यक्तिलाई थप जाँचको लागि अस्पताल लगिएको छ भने अन्यलाई हिरासतमा लिएको छ ।