२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

उपनिर्वाचन : देउवाले यसरी मिलाए पौडेल र सिटौलालाई

424 Shares
Spread the love

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा पनि नेपाली कांग्रेसले भागबन्डा गरेको छ।

सभापति शेरबहादुर देउवाले कास्की- २ प्रतिनिधिसभा क्षेत्र र भक्तपुर १ प्रदेशसभा क मा आफूनिकटलाई उम्मेदवार बनाएका छन्।

कास्की-२ मा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति भइसकेका खेमराज पौडेललाई टिकट दिएका सभापति देउवाले भक्तपुरमा कृष्ण भँडेललाई उम्मेदवार बनाएका हुन् ।

कास्की-२ मा देवराज चालिसेलाई उम्मेदवार बनाउन सभापति देउवा नमानेपछि पदाधिकारी बैठक छाडेर हिडेका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटलाई पनि एकेक क्षेत्र दिइएको छ।

दाङ ३ ख मा बरिष्ठ नेता पौडैल निकटका केशव आचार्य उम्मेदवार भएका छन् भने बाग्लुङ २ ख मा सिटौलानिकट जित शेरचनले टिकट पाए ।

कांग्रेसले भने सहमतिमै उम्मेदवार चयन गरेको बताएको छ।

सबैको छलफलबाटै उम्मेदवार चयन गर्न आठ सदस्यीय पदाधिकारी बैठकमा पौडेल र सिटौलालाई पनि सहभागी गराइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ।

प्रतिक्रिया