२०८३, ८ कार्तिक शनिबार
×

आइएसका प्रमुख बग्दादीकी श्रीमती टर्कीमा पक्राउ

837 Shares

इस्लामिक बिद्रोही संगठन आइएसका प्रमुख अबु बक्र अल–बग्दादीकी श्रीमती टर्कीमा पक्राउ परेका छिन् ।टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

साथै उहाँले बग्दादीको श्रीमतीमाथि बग्दादीको कृयाकलापबारे सोधपुछ भइरहेकोे जानकारी समेत दिएका छन् ।

बिगत केही बर्षदेखि टर्कीमै बस्दै आएका बग्दादकी श्रीमतीलाई ब्यापक खोजीपछी नियन्त्रणमा लिइएको हो । अमेरिकी सैनिकको आक्रमणमा आईएसका प्रमुख बग्दादी मारिएपछी अमेरिकी सेनाले बग्दादीको परिवारका सदस्यहरुको ब्यापक खोजी जारी राखेको छ ।

यसअघि गएको मंगलबार टर्कीले बग्दादीकी बहिनीलाई पनि नियन्त्रणमा लिएको थियो । बग्दादी विरुद्ध अमेरिकी सैनिकले परिचालन गरेको अमेरिकी सेनाको विशेष फोर्सले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बग्दादीसम्म पुगेपछी उनले आफैलाई बिस्फोट गराएका थिए ।

बग्दादीको मृत्युलाई अमेरिकाले ठूलो सफलताको रुपमा लिएको छ ।

यसैबीच आइएसले बग्दादीको मृत्युपछी नयाँ नेताको रुपमा अबु इब्राहिम अल–हाशमीलाई नियुक्त गरिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया