२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

खेमराज पाैडेल कास्की-२ मा कांग्रेसका उम्मेद्वार

2105 Shares
Spread the love

नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ।  

बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए । 

केन्द्रीय सदस्य धनराज गुरुङले कास्की–२ को उम्मेवारमा आफ्नो दाबी नरहेको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएपछि पौडेलले टिकटमा बाजी मारेका हुन् ।

जिल्ला सभापति केसीले भने, ‘उहाँ काँग्रेसका पुराना नेता हुनुहुन्छ । लामो समयदेखि उहाँ काँग्रेसमा निरन्तर रुपमा लागि रहनुभएको छ ।  उहाँको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो ।’ 
पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पनि केसीले बताए । 

केसीले पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेको दाबी गर्दै अब सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने बताए । 

 ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । 

लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका उनले शिक्षण पेसाबाट अलग्एिपछि भने कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

त्यसपछि काँग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए । 

प्रतिक्रिया