२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कास्की–२ मा धनराज गुरुङ उम्मेद्वार नबन्ने !

2464 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसले कास्की–२ बाट केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेद्वार नबनाउने भएको छ। यसअघि कास्की–२ मा गुरुङ उम्मेद्वार बन्ने चर्चा थियो। कांग्रेस कास्कीले पनि गुरुङलाई उम्मेद्वार बनाउँदा निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न सकिने राय दिएको थियो।

तर स्वयं गुरुङले मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा आफूलाई भन्दा पनि स्थानीय नेतालाई उम्मेद्वार बनाउन उपयुक्त हुने सुझाव दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले बुधबार ट्विट गर्दै भनेका छन्–धनराज गुरुङको उम्मेद्वारी बारे! उपनिर्वाचनमा कासकी क्षेत्र नं–२ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेद्वार बनाउने भनी सार्वजनिक रुपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरुलाई नै उम्मेद्वार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नु भएको छ।’

मंसिर १४ मा हुने उपनिर्वाचनमा अन्य दलले उम्मेद्वार चयन गरेपनि कांग्रेसले भने हालसम्म उम्मेद्वार चयन गर्न सकेको छैन।

प्रतिक्रिया