२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

उपनिर्वाचन प्रभावित पार्न प्रदेश प्रमुख बर्खास्त : काँग्रेस

1143 Shares
Spread the love

काठमाडौं । नेपाली काँग्रेसले सरकारले प्रदेश प्रमुखलाई बर्खास्त गर्नु आगामी मंसिरमा हुने उपनिर्वाचनलाई प्रभावित गर्न खोजेको ठहर गरेको छ।

मंगलबार बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ ।’

सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको छ । सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ ।

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको विज्ञप्तिमा बताइएको छ।

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीहरुको बैठक जारी छ ।

प्रतिक्रिया