२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारविरुद्ध तरुण दल आन्दोलित : देशभरका कार्यकर्तालाई आह्वान !

1115 Shares
Spread the love

काठमाडौैं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलित भएको छ ।

तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै फासिष्ट सरकारले तरुण दलका कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसाउन खोजेकाले आन्दोलन गर्न आह्वान गरेको छ ।

सरकारको प्रहरीले तरुण दल नेपालगञ्जका अध्यक्ष सन्दिपजंग शाह, दिनेशकुमारी शाह, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई पारिवारिक छलफलका बेला पक्राउ गरेपछि तरुण दल आन्दोलित हुनुपरेको विज्ञप्तिमा उल्लेख छ ।

‘आफ्नो शान्तिपूर्ण छलफलमा रहेका तरुण नेताको अमर्यादित गिरफ्तारीलाई सामान्य रुपमा लिन सकिँदैन । यो लोकतन्त्र र लोकतान्त्रिक पद्दतिमाथिको गम्भीर प्रहार हो भन्ने नेपाल तरुण दलको ठम्याइँ रहेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरीद्वारा झुटा आरोप लगाई तरुणहरूलाई दुःख दिने नियतको गिरफ्तारीलाई तुरुन्त सच्याई सन्दिपजंग शाह लगायत नेताहरूलाई तुरुन्त बिना शर्त रिहाइ नगरे नेपाल तरुण दल यो फासिष्ट सरकारका विरुद्ध जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेछ ।’

प्रतिक्रिया