२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छ : नेकपा प्रवक्ता श्रेष्ठ

2445 Shares
Spread the love

काठमाडौँ, १४ कात्तिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भएको छ ।

मृर्गौंलाको डाईलायसिस गराईरहनु भएका प्रधानमन्त्री ओलीलाई भेटन बिहीबार दिउँसो ग्रान्डी अस्पताल पुग्नु भएका उहाँले संचारकर्मीमाझ चिकित्सकहरुलाई उल्लेख गर्दै उहाँको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिनु भएको हो ।

‘चिकित्सकहरुले भने अनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ, प्रवक्ता श्रेष्ठले भन्नु भयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’ प्रधानमन्त्रीको दोस्रो पटक आज पनि मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रवक्ता श्रेष्ठले पनि भेट गर्ने अवस्था रहेन ।

त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सो अस्पताल पुग्नु भएका नेकपाका नेता भिम रावलले मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको पनि बताउनु भयो ।

प्रतिक्रिया