२०८३, ८ कार्तिक शनिबार
×

यूके इयूबाट बाहिरिने समयसीमा जनवरी अन्त्यसम्म थपियो

968 Shares

एजेन्सी- युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संघबाट ब्रिटेन बाहिरिने समयावधि जनवरीको अन्त्यसम्म थप गर्ने पुष्टि गरेका छन्।

एउटा ट्वीट गर्दै उनले निर्णयलाई लिखित रूपमा औपचारिकता दिइने बताएका छन्।

युरोपेली सङ्घ इयूका राजदूतहरू उक्त निर्णयमा अन्तिम रूप दिन ब्रसल्समा छलफल गरिरहेका छन्।

यस्तै जनवरी ३१ को समयसीमाबारे ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अनिच्छुक थिए तर संसद्‍को निर्णयका कारण उनी त्यस्तो अनुरोध गर्न बाध्य भएको बीबीसीले जनाएको छ।

तर इयूबाट ब्रिटेन बाहिरिने विषयमा प्रधानमन्त्री जोनसनले संसद्‍को समर्थन पाए त्यसअघि नै पनि बाहिरिन सक्ने बताउने ठानिएको थियो।

यो प्रस्तावबारे पुन: वार्ता हुन नसक्ने कानुनी प्रावधान पनि हुन सक्ने बताइएको छ।

हाउस अफ कमन्सले प्रधानमन्त्रीको डिसेम्बर १२ तारिखमा आम निर्वाचन गराउने प्रस्तावलाई अस्वीकार गर्ने ठानिएको छ।

प्रतिक्रिया