२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

योगेश भट्टराई प्रचण्डपथमा, धमाधम ससुराली खलकलाई जागिर खुवाउँदै, क–कसले पाए नियुक्ति ?

2276 Shares
notext
Spread the love

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई नेकपामा निकै आशालाग्दा नेताका रूपमा धेरैले हेरेका थिए । मन्त्री बन्नुअघिसम्म उनलाई भविष्यमा पार्टीको नेतृत्व सम्हाल्ने नेताका रूपमा पनि लिइएको थियो ।

रवीन्द्र अधिकारी निधन भएपछि उनले सम्हालेको पर्यटन मन्त्रालय अहिले योगेश मन्त्री छन् । मन्त्री बनेलगत्तै उनले गरेका धेरै घोषणा र अभिव्यक्ति विवादमा परेपछि योगेशको आलोचना सुरु हुन थालेको हो । आफूले गरेको घोषणा विवादमा पर्न थालेपछि र सामाजिक सञ्जालमा आचोलना धेरै हुन थालेपछि पछिल्लो समय योगेश भट्टराईले पूरा नहुने कुरा बोल्न छाडेका छन् ।

तर, पनि यतिबेला उनलाई प्रचण्डपथमा हिँडेको आरोप लाग्न थालेको छ । नेकपाका अध्यक्ष प्रचण्डले आफ्ना परिवार, नातागोता, छोरीबुहारी, भाइभतिजालाई राज्यको आकर्षक पदमा नियुक्त गरेका छन् । अहिले सामाजिक सञ्जालमा मन्त्री भट्टराईलाई पनि यस्तै आरोप लाग्दै आएको छ ।

मन्त्री भट्टराईले श्रीमती बिन्दा घिमिरेलाई नर्सिङ परिषद प्रमुख, सालो विश्वम्भर घिमिरेलाई भ्रमण वर्षको सचिवालय, भान्जो पिताम्बर सिग्देललाई पनि भ्रमण वर्षको सचिवालय तथा स्वकीय सचिव प्रेम गुरागाईकी श्रीमती भूमिका पौडेललाई नेपाल पर्यटन बोर्डमा नियुक्त गरेको आरोप लागेको छ ।

उनकी श्रीमती घिमिरे भट्टराई मन्त्री बन्नुअघि नै नर्सिङ परिषद् प्रमुख नियुक्त भएकी थिइन् । तर, अन्य भने मन्त्री भएपछि भट्टराईले नियुक्त गरेका हुन् । त्यसैले अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मन्त्री भट्टराईको खेदो खन्न सुरु गरिएको छ ।

प्रतिक्रिया