1188
Shares
लण्डन । बेलायतको एसेक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको खुलेको छ । पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो ।
हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो । रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्। एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ।