काठमाडौं। नवलपरासीबाट प्रतिनिधिसभामा निर्वाचित काँग्रेस सांसद तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आफु नेपाली नागरिक नै भएको दावी गरेका छन्। उनले आफ्नो पुर्खेउली सम्पत्ति हत्याउन भारतीयहरले आफूविरुद्ध अनर्गल प्रचार गरेकोसमेत आरोप लगाएका छन्।
उनले भारतको कलेजमा आफुले नेपाली नागरिक नै भएर व्यवस्थापन समितिमा निर्वाचित भएकोसमेत बताएका छन्। उनले आफु नेपाली नागरिक रहेको दावीका लागि भारतको इलाहावाद अदालतमा दायर गरिएको रिटसमेत सार्वजनिक गरेका छन्।
उनले गोरखपुरमा आफुना पूर्वजले नेपालीका लागि विद्यालय स्थापना गरेको र सो विद्यालयको सम्पत्ति हत्याउनका लागि भारतीयले आफूविरुद्धप्रचार गरेको बताएका छन् ।
केही दिनदेखि समाचारमाध्यमहरुमा आफूले भारतीय नागरिक लिएको भन्ने समाचार निराधार भएको भन्दै बुधबार पार्टी कार्यालयमैपत्रकार सम्मेलन गरेर उनले सो कुरा स्पष्ट पारेका हुन् ‘मैले भारतीय नागरिकता लिएको छैन, मतदाता सूचीमा नाम पनि छैन’ उनले पत्रकार सम्मेलनमा भने, ‘म नेपाली हुँ, सांसद हुँ भनि दिएको प्रमाण छ ।
सांसद कँडेलले १९५० को सम्झौतामा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार दिएको स्मरण गराए । निराधार समाचारबारे प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको उनले बताए ।