काठमाण्डौ । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले उपत्यकास्तरीय तरुण भेला आयोजना गरेर यहि कार्तिक १० गते स्थापना दिवस मनाउने घोषणा गरेका छन।
महासचिव शाहीले कात्तिक १० गते नै चियापान तथा तरुण भेला गरिने जानकारी दिएका हुन् ।
गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेका छन् । बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा चियापान समारोह आयोजना गरिने उल्लेख छ भने शाहीले पनि सोही दिन पार्टी केन्द्रीय कार्यालयमै चियापान कार्यक्रम आयोजना गरिने प्रतिक्रिया दिएका छन् ।
महासचिव शाहिले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सदस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि जानकारी गरे । उनले चियापान कार्यक्रममा नेताहरु प्रकाशमान सिंह,डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, पार्टीका केन्द्रिय सदस्यहरु लगायत बेताहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिनएको पनि बताए ।
महासचिव शाहीले संगठनका अध्यक्ष बस्नेतलाई आफूले कारवाही गरिसकेको र अहिले आफूले नै अध्यक्षको हैसियतमा संगठन चलाइरहेको पनि दाबी गरेका छन् । तपाईं संगठन अध्यक्षविरुद्ध समानान्तर रुपमा चल्न खोजेको हो ? भन्ने प्रश्नमा महासचिव शाहीले भने, “अध्यक्षलाई मैले कारवाही गरिसकें । अध्यक्षको जिम्मेवारी पनि मैले नै समालिरा’को छु । यो संगठनको आधिकारिक कार्यक्रम हो ।”
तरुण दलको उपत्यका भेलाले महासचिव शाहिको संयोजकत्वमा संगठन बिभाग गठन गरि १००१ सदस्यीय स्थापना दिबस मुल समारोह समिती गठन गरेको छ। साथै भेलाले काठमाडौंका सुरेश डंगोलको संयोजकत्वमा तरुण युवा परिचालन समिति र माधव सेढाईंको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरेर दलको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको उपत्यकास्तरीय भेलाको भब्य तयारी सुरु गरिएको पनि प्रतिक्रिया दिए ।