काठमाडौं – मदन भण्डारी फाउन्डेसनका केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीले देशको राजनीतिक परिवर्तन र समाज विकास जनताको वहुदलिय जनवाद (जवज)कै मर्म अनुरुप अगाडी बढ्दै गएका बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसन,काठमाडौं जिल्ला कमिटीले भक्तपुरको बोडे स्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा कार्तिक १ बाट सुरु गरेको ३ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भण्डारीले सोही कुरा बताएकी हुन ।

अध्यक्ष भण्डारीले जनताको वहुदलिय जनवाद(जवज)को मर्म जनस्तरसम्म पु¥याउनु पर्ने उल्लेख गरिन् । उनले पछिल्लो समय जवजले अंगालेको बिचार र सिद्धान्त अनुरुप देशको राजनैतिक, आर्थिक र सामाजिक विकास अगाडी बढेको भन्दै जवजको सिद्धान्तलाई थप जनस्तरमा पु¥याउनु पर्ने घारणा राखिन । अध्यक्ष भण्डारीले बामपंथी आन्दोलनलाई सुस्पष्ट राजनीतिक विचारबाट निर्देशित गर्ने क्रममा जवजको सिद्धान्त जन्म भएको बताउदै ‘नेपालको राजनैतिक आवश्यकताको सटिक जवाफ मात्र होइन , लोकतान्त्रिक संरचना, आधारभुत मानव अधिकार तथा आर्थिक प्रगतीको एकमुष्ट मार्गं चित्र समेत जवजले पेश गरेको छ’ । जवजका १४ बिशेषताको उल्लेख गर्दै अगामी राजनीतिक परिवर्तन र समाज विकास जवजकै पथबाट अगाडी बढ्नेमा कुनै संका नरहेको उनको भनाई थियो ।
प्रशिक्षण कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सचिव पेम्बा लामाले मदन भण्डारी फाउन्डेसन्बारे जानकारी गराएकी थिईन ।
त्यस्तै नेकपा काठमाडौं जिल्ला अध्यक्ष एव्म मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सचिवालय सदस्य कृष्ण राईले नेपाली कम्युनिष्ट आन्दोलनबारे सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

सोही कार्यक्रममा इतिहासविद् सुजित मैनालीले नेपालको इतिहासबारे चर्चा गरेका थिए भने समाजशास्त्री एव्म उपप्रध्यापक बिद्या भट्टराइले समाजको बिकाशक्रमबारे चर्चा गरीन ।
जनताको बहुदलीय जनवाद (जवज) विषयमा बिद्याबारिधि गर्न लागिरहेका शोधकर्ता शुरामणि बेलबासेले जबजको दाशर्निक एव्म सैदान्तिक पक्षमा प्रशिक्षण गराए भने नेकपा केन्द्रीय सदस्य साबित्रा भुसालले जवजका १४ विशेषताबारे प्रशिक्षण दिईन ।
त्यस्तै प्रशिक्षककै रुपमा रहेका नेकपा पोलिटब्युरो सदस्य महेन्द्र पाण्डेले जबज र यसका वैज्ञानिक पक्षबारे सहभागिलाई प्रशिक्षण दिएका थिए ।

जवजबारे जानकारी दिने उदेश्यले कक्षा संचालन गरेको बताउदै कक्षामा सहभागि प्रशिक्षार्थीहरूबाटै प्रशिक्षकको रूपमा बिकाश गर्न आवश्यक थप कक्षाहरू संचालन गरिने फाउन्डेसन काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाको भनाई थियो ।
प्रशिक्षण कार्यक्रममा फाउन्डेसनको काठमाडौं जिल्ला कमिटी, महानगरकमिटी, र नगरकमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्तिक १ देखी ३ गते सम्म चलेको थियो ।
