२०८१, २७ कार्तिक मंगलवार
×

ट्रेन्डिङ

वेस्टह्यामको पोस्ट्मा लिभरपुलको चार गोल

2512 Shares

वेस्टह्यामविरूद्ध जित दर्ता गर्ने क्रममा लिभरपुलका खेलाडीहरू । तस्बिर: एजेन्सी


काठमाडौँः उपाधि दाबेदार मानिएको लिभरपुलले यो सिजनको इङ्लिस प्रिमियर लिगमा प्रभावशाली सुरुवात गरेको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले रवाफिलो प्रदर्शन गर्दै वेस्टह्यामविरुद्ध ४–० को जित दर्ता गराएको हो ।

लिभरपुललाई विजयी गराउने क्रममा खेलको १९ औँ मिनेटमा मोहम्मद सलाहले पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अन्तिम समयमा गोल गर्दै साडियो मानेले लिभरपुलको अग्रता २–० मा पुर्याए ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा २ गोल थप्यो । उसका लागि खेलको ५३ औँ मिनेटमा स्याडियो मानेले गोल व्यक्तिगत दोस्रो तथा खेलमा तेस्रो गोल गर्न सफल भए ।

३–० को अग्रता बनाएको लिभरपुल त्यतिमै रोकिनेवाला थिएन । मोहम्मद सलाहलाई मैदान बाहिर पठाउँदै प्रवेश गरेका ड्यानियल स्टुइरेजले ८८ औँ मिनेटमा गोल गर्दै अग्रता ४–० मा पुर्याए । उनले मैदान छिरेको २४ सेकेन्डमै गोल गर्दै यो सिजन फर्ममा फर्केको संकेत दिए ।

प्रतिक्रिया