२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आज कांग्रेसको चियापान समारोह

1602 Shares
Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार चियापान आयोजना गर्दैछ । दसैं तिहार र छठका अवसरमा आयोजना गर्दै आएको चियापान यस वर्ष पनि विगतजस्तै कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।

वि.सं. २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले चियापान समारोहको आयोजना गर्दै आएको छ । पार्टी मुख्यालय सानेपामा आयोजना हुने उक्त कार्यक्रम आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चल्ने जनाइएको छ ।

यद्यपी हिजो दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज दिउँसो १ बजे फर्कने कार्यक्रम तय भएको छ । उक्त कारण कांग्रेसको चियापान केहीबेर प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट व्यक्ति एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया