२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सभामुख माथि लागेको आरोपका विषयमा गम्भीर छानवीन हुनुपर्छ : महामन्त्री कोइराला

907 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरामाथि निश्पक्ष छानवीन हुनुपर्ने बताएका छन्।

उनले सभामुख माथि लागेको आरोप गम्भीर भएको भन्दै स्वतन्त्र र निष्पक्ष छानवीन हुनुपर्ने बताएका हुन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले भने–सभामुखमाथि जुक प्रकारको आरोप लागेको छ, यो निकै गम्भीर छ। यो विषयमा निष्पक्ष छानवीन हुनुपर्छ। यो विषय आरोपमै सीमित भए राम्रो हुन्छ।’

सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी छन्। उनले आइतबार सभामुख महराले आफूलाई बालात्कार गरेको आरोप लगाएकी हुन्।

महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिने तयारी गरेका छन्। नेकपा शीर्ष नेताले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएका छन् भने यही विषयमा छलफल गर्न नेकपा सचिवालय बैठकसमेत बस्दैनछ।

प्रतिक्रिया