२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

डा. रिजालमाथि आक्रमणको प्रयास भएकामा कांग्रेसको ध्यानाकर्षण

1138 Shares
Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उहाँ त्यहाँ गएका थिए ।

प्रतिक्रिया