990
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले नेपाल छिट्टै हिन्दु राष्ट्र बन्ने दाबी गरेका छन् ।
राप्रपाको नागार्जुन नगरपालिका वडा ५ ले शनिबार गरेको शुभकामना आदारप्रदान कार्यक्रममा नेता तामाङले नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने उद्घोष गरे ।
उनले हिन्दु राष्ट्रका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वातावरण पनि अनुकूल भएको टिप्पणी गरे ।
उनले भने- धर्म संस्कृति परम्परा मान्ने हामी नेपालीको पहिचान नै हिन्दुत्त्व हो । जसरी पनि नेपाललाई हिन्दुराष्ट्र बनाउने छौं ।
पूर्वगृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष तामाङले जनताको इच्छा र चाहना बिना डलर खाएर मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिएकोले त्यो नटिक्ने बताए । उनले ठूला दल र तिनका ठूला नेताहरु नै डलरको लोभलालचमा फसेको आरोप लगाए ।