२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेकपा सिंह भए कांग्रेस सिकारी- गगन थापा

1669 Shares
Spread the love

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सिंहजस्तो गर्जिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कांग्रेसले सिकारी भएर ढालिदिने बताएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सिंहजस्तो भएको बताएपछि शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले भने, ‘हिजो प्रचण्डले भन्नुभयो, हामी अब केही वर्षभित्रमा नेपालमा एउटा मात्र पार्टी रहने अवस्था बनाउनेछौं। सिंहजस्तो गर्जनेछौं भनेर सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ। सिंहजस्तो गर्जिने नेकपालाई कांग्रेस सिकारी भएर ढाल्छ भन्ने तागत हामीले राख्न सक्नुपर्छ।’

उनले नेकपा कपाल नभएको मान्छेलाई काइयो बेच्न सक्ने पार्टी भएको आरोप लगाए। ‘नेकपा अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दै छ,’ उनले भने, ‘चीन आफू दिन्छु भन्दैन, तैपनि नेकपा हामीलाई बेच्छु भन्दैछ। नेकपा भनेको कपाल नभएको मान्छेलाई काइयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो। त्यसैले यसले के बेच्ला त्यतातिर म जान्न।’

प्रतिक्रिया