२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

कुमारी बैंकको बौद्ध बिहारलाई सहयोग

1887 Shares
Spread the love

काठमाडौं । कुमारी बैंक लिमिटेडले धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा आफ्नो साथ जनाउनका लागि ललितपुरस्थित बौद्ध बिहार संघसँग एक सहकार्य गरेको छ ।

सहकार्य अनुरूप बैंकले बौद्ध बिहार संघका विभिन्न कार्यक्रमहरुमा आˆनो सहभागिता जनाउने प्रतिबद्धता पनि दिएको छ । उक्त संस्थाले आफ्नो स्थापना कालदेखि नेपालको धर्म परम्परा एवं संस्कृतिको संरक्षण सम्बर्धन गर्दै आइरहेको तथा देशविदेशमा आˆनो परम्परा कायम राख्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सो संस्थाका प्रयासहरुलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले सहयोग स्वरूप अक्षरूपी पाँच लाख नेपाली रुपैँया प्रदान गर्ने सहमति भएको छ ।

आˆना देशव्यापी १०७ शाखा सञ्जाल, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आˆना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकलेे सो सहकार्य पश्चात् आफूलाई देश तथा समाजको धर्म, संस्कृति एवं परम्पराको प्रवर्धन गर्नमा प्रेरित संस्थाको रूपमा दर्शाउन सफल भएको छ ।

साथै, आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पुर्‍याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया