762
Shares
एजेन्सी । सुन्दै अचम्म लाग्ने । कसैको जिब्रोको यतिधेरै मूल्यांकन कसरी हुनसक्छ ? कतिपय त रनभुल्लमा समेत पर्ने गर्छन् ।
अध्ययन भन्छ पुरुषको तुलनामा महिलाको जिब्रो शक्तिशाली हुन्छ ।
खानेकुराको स्वाद लिने लगायत अन्य कुरामा महिलाहरु एक कदम अगाडि हुन्छन् । यही स्वाद लिने भएकै कारण एक महिलाको जिब्रोको मुल्य १५ करोड मुल्यांकन गरिएको छ ।
क्याबडरी कम्पनीमा काम गर्ने एक महिलाको जिब्रोको मुल्य झन्डै १५ करोड रुपैयाँ छ ।
हाईले कर्टिस नामकी ती महिलाको काम भनेको नै मात्र चकलेटको स्वाद चाख्नु हो ।
चकलेट स्वादिलो रहे नरहेको बताए बापत उनले उक्त रकम पाउने गर्छिन् ।
झन्डै १५ करोड रुपैयाँ बराबरको तलब र भत्ता पाउने गरेकी उनले आफ्नो जिब्रोको बिमा समेत कम्पनीले गरेको छ ।