२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

घाना र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

729 Shares
Spread the love

काठमाडौँ । अफ्रिकी मुलुक घाना र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरबीच बिहिबार कुटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर भएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाल र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ ।

दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गरिने जनाइएको छ ।

प्रतिक्रिया