2184
Shares
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले करिब एक वर्ष अगाडि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
उनले बुझाएको विवरण अनुसार उनको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त विवरणमा ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ । जसमा २ वटा घर छन् ।
२ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ । ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १८ तोला सुन पनि रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ ।