२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

दुई तिहाईको सरकार अल्मलियाे, राष्ट्रकाे विकास काँग्रेसले गर्छ : नेता पाैडेल

966 Shares
Spread the love

दाङ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रको विकास र समृद्धिको यात्रा काँग्रेसले नै तय गर्ने दाबी गरेका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै उनले दुई तिहाईको सरकार अल्मलिएको बताए ।

‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ । राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ’, उनले भने ।

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ की भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए ।

पार्टीभित्रको राजनीतिको विषयमा बोल्दै नेता पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए ।

नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले  अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे ।

‘अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’, पौडेलले भने । उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए ।

‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पुर्‍याउनुपर्छ’, पौडेलले भने ।

प्रतिक्रिया