२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

खोटाङ सेवा समाज कतारले गरे क्यान्सर पीडित लाई आर्थिक हस्तान्तरण

1706 Shares
Spread the love

दोहा, २५ सेप्टेम्बर 

खोटाङ सेवा समाज कतारले क्यान्सर पीडित बेमु (घनस्याम) राई लाई ५५,५५५ नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।  उक्त सहयोग रकम संस्थाका अध्यक्ष रुद्रप्रसाद आचार्यले (बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल) चितवनमा प्रत्यक्ष भेटघाट गरि बिगत ६ महिना देखि उपचाररत पीडित राई लाई सहयोग हस्तान्तरण गरेको हो।  उपचारमा सम्मिलित चिकित्सक हरुको रिपोर्ट अनुसार उनी रोसाइ क्यान्सर बाट पीडित हुन।

कतारमा कार्यरत क्यान्सर पीडितका आफन्त जैबी राईको आग्रह र सक्रियतामा संकलन गरिएको रकम सहित खोटाङ सेवा समाज कतारले थप सहयोग रकम उपलब्ध गराइ ५५,५५५ (अक्षेरुपी पचपन्न हजार पाँच सय पचपन्न )नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको हो। उक्त आर्थिक सहयोग संकलन अभियानमा खोटाङ सिम्पानी निवासी रमेश राई मार्फत ६९० कतारी रियल त्यसैगरी हलेशी निवासी जीवन राई मार्फत ३४० कतारी रियल सहयोग रकम संकलन गरि सस्थालाइ हस्तान्तरण गरि एकमुष्ट रकम सहयोग गरिएको हो।

खोटाङ सेवा समाज कतारले विभिन्न समयमा अशक्त असाह्य आर्थिक रूपमा कमजोर अग्नि पीडित ,क्यान्सर पीडित ,मृगौला फेल भएका रोग लागेका र आर्थिक अभाव खेपिरहेका पीडितहरु लाई सहयोग गर्दै आएको छ त्यसैको निरन्तरता स्वरुप क्यान्सर पीडित राई लाई आर्थिक सहयोग गरिएको सस्थाका अध्यक्ष रुद्रप्रसाद आचार्यले बताए ।

खोटाङ दिप्रुङ चुइचुम्मा वाड न:६ खिरौले स्थाइ निवासी क्यान्सर पीडित राई हाल धनकुटा भेडेटारमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन लामो समय समाजिक काममा सक्रिय राई लाई प्राण घातक क्यान्सर रोग लागे पछी उपचारमा लाग्ने रकमको आर्थिक अभाव भए पछी विभिन्न क्षेत्र बाट सहयोग संकलन भएको रकम बाट हरेक २१ दिनका दिन किमो थेरापी विधि द्वारा उपचार भइ रहेको छ रोग निर्मुल पारी पुर्ण रूपमा स्वस्थ्य अबस्था सुधार हुने उपचारमा सग्लग्न डाक्टर हरुको भनाइ रहेको छ तर कति समय लाग्ने भन्ने थाहा नभएकोले आर्थिक अभाव हुने परिवारले बताउदै आएको छ हाल सम्म १० लाख भन्दा माथि नेपाली रुपैयाँ खर्च भै सकेको छ क्यान्सर पीडित बेमा (घनस्याम) राईले आफुलाइ बिपत्तिमा सहयोग गर्ने सम्पुर्ण ब्यक्ति तथा खोटाङ सेवा समाज कतार लाई धन्यवाद व्यक्त गर्नु भयो पीडित राईले आफू पुर्ण रूपमा स्वस्थ्य हुनका लागि आर्थिक अभाव रहेकोले आगामी दिनमा आर्थिक सहयोगको लागि अन्य संघ सस्था र सहयोगी ब्यक्ति हरुले समेत सहयोग गर्ने अपेक्षा रहेको बताउनु भएको छ।

उहालाई सहयोग गर्न इच्छुक ब्यक्ति वा संघ सस्थाले सम्पर्क गर्नु परेमा

पीडित राइको मोबाइल  00 977 981-6335004 नम्बरमा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया