२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको क्लिनस्वीप, नेकपाको प्यानल नै पत्तासाफ

810 Shares
Spread the love

७ असोज, काठमाडाैँ । वैदेशिक रोजगार व्यवसायी संघमा पहिलो पटक कांग्रेसले क्लिनस्वीप गरेको छ । मंगलबार भएको निर्वाचनमा कांग्रेस निकटका १७ जना उम्मेदवार नै विजयी भए । बुधबार बिहान घोषणा गरिएको मतपरिणमा अनुसार अध्यक्षमा विजयी बिष्णु प्रसाद गैरेले ३ सय ३० मत प्राप्त गरेका छन । उनीसँग नेकपाको प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेल ४८ मतले पराजित भए ।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ कमल तामाङ्ग विजयी भएका छन । कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मतसहित विजयी भएका छन । किशोर कुमार के.सी ३६० मत सहित तृतिय उपाध्यक्षमा विजयी भएका छन । यस्तै महासचिवमा सुजित श्रेष्ठ ३ सय ८८ मतसहित विजयी भएका छन । उनले नेकपा निकटका रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे । यो निर्वाचनमा लोकप्रिय मत समेत महासचिवमा विजयी श्रेष्ठले पाएका छन

सचिवमा घनाथ भुर्तेलले सय ३३ मत कोषाध्यक्षमा ईन्दीरा गुरुङ्ग सय ६७ मत ल्याई बिजयी भएकी छिन् सदस्यमा लक्ष्मण पौडेलकर्णराज कटुवाल, दिनेशकुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, विजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई विजयी भएका छन ६५८ मत रहेको संघमा ६२१ जनाले मतदानमा सहभागिता जनाएका थिए

प्रतिक्रिया