२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लव समूहका उपत्यका इन्चार्ज नविन विश्वकर्मा पक्राउ

1841 Shares
Spread the love

काठमाडौं । नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् ।

सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहेको भए पनि पक्राउ परेको पुष्टि गरेको छ ।

विप्लव समूहका उपत्यका इन्चार्जमा माइलामा लामा रहेका बेला नविन ललितपुर इन्चार्ज थिए ।  माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इन्चार्ज बनाइएको थियो ।

नविनसँग केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया