काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति भातृ संगठन नेविसंघका निवर्तमान अध्यक्ष एवम् युवा नेता नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक विमोचन भएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित विमोचन समारोहमा काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ पुस्तक राम्रो भएको बताएका छन् ।
सभापति देउवाले यस पुस्तकलाई देशभर वितरण गर्नेपर्ने बताएका छन् ।
पुस्तकका लेखक महरले ओली सरकार काण्डै काण्डको चाङ्मा आसीन रहेको भन्दै पुस्तकले त्यसको पर्दाफास गर्ने गरेको बताए । पुस्तकमा वर्तमान सरकारले आफ्नो १८ महिने अवधिमा गरेका ५५ वटा काण्डको उल्लेख गरिएको छ ।
जसमा सुनकाण्ड, सिण्डिकेट काण्ड, अस्पतालमा गोलीकाण्ड, निर्मला हत्याकाण्ड, सन्नी खुना काण्ड, उपकुलपति काण्ड, होली वाइन काण्ड, वाइडबडी र न्यारोबडी काण्ड, बालुवाटार काण्ड, गुठी काण्डलसहित १८ वटा काण्डलाई प्रमुख रुपमा चर्चा गरिएको छ ।
जसमा काँग्रेसका २२ जना नेतालाई स्रोतका रुपमा प्रयोग गरिएको छ । पुस्तक ४ हजार ५ सय प्रति छापिएको छ ।