२०८३, ९ कार्तिक आईतवार
×

बेलायतमा २०९ वर्ष पुरानो समाधीस्थल उठाइँदै, ६५०० कङ्काल निकालियो

2135 Shares

एजेन्सी । ब्रिटेनको बर्मिंघमस्थित समाधिस्थलमा रेलवे स्टेशन बनाइन लागेको छ । रेल स्टेसन बनाउने योजनाको पहिलो कदम स्वरुप समाधीस्थल हटाउन सुरु भएको छ ।

त्यस क्रममा त्यहाँबाट ६५०० कङ्काल निकालिएको छ । कङ्काल निकाल्नको लागि आधुनिक प्रविधियुक्त मेसिनको प्रयोग गरिएको थियो ।

अधिकारीका अनुसार बर्मिंघममा स्ट्रीट रेलवे स्टेशनको निर्माण गरिदैंछ ।

कङ्काललाई नबिगारी समाधीको कङ्क्रिट संरचना हटाएपछि सावधानीपूर्वक कङ्काल निकाल्न थालिएको हो । यो प्रक्रिया अझै जारी छ ।

स्थानीय मिडियाका अनुसार यो समाधीस्थल सन् १८१० मा बनेका थियो । तर पछिल्लो ४६ वर्षदेखि यसमा शव गाडिएको थिएन ।

रेल परियोजना घोषणा भएपछि पुरातत्त्वविदको समूहले यो समाधीस्थल खन्न सुरु गरेको थियो । त्यसक्रममा तिनले मूर्ति, सिक्का, खेलौना, बहुमुल्य हार र कयैन कलाकृति भेटेका थिए ।

स्थानीय प्रशासनको भनाइमा एक चर्चसँग परमर्श गरेर त्यस समाधीस्थलबाट निकालिएको अवशेष अन्य स्थानमा अन्त्यष्टी गरिनेछ ।

प्रतिक्रिया