२०८३, ९ कार्तिक आईतवार
×

रक्सी पिएका मानिसले फैलाए विमानमा बमको हल्ला, उडानमा ५ घन्टा ढिलाइ

1063 Shares

असोज ६, २०७६

काठमाडौं – रक्सी पिएर होश गुमाएका एक बेलायतीले विमानमा बम रहेको निराधार हल्ला फैलाएपछि स्पेनको इबिजा विमानस्थलमा तनाव भएको छ ।

बम निष्क्रिय पार्ने विज्ञहरूले बेलायतको न्युकासल जान लागेको जेट२को ईएक्सएस५५६ लाई पूरै जाँचेका थिए ।

घटना आइतवार मध्यदिनमा भएको थियो ।

यसले गर्दा लगभग पाँच घन्टा उडानमा ढिलाइ भएको थियो र १२ः४० मा उड्नुपर्ने विमान लगभग ५ बजे मात्र उड्न पाएको थियो ।

यो झूटो हल्ला भनेर अधिकारीहरूले पुष्टि गरेपछि यात्रुलाई पक्राउ गरिएको थियो ।

उनलाई सोमवार न्यायाधीशसमक्ष पेश गरिनेछ ।

उनको नाम र उमेर सहित कुनै पनि व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन ।

प्रहरी स्रोतले ती व्यक्ति रक्सीको मातमा रहेको पुष्टि गरेको छ ।

एजेन्सी

प्रतिक्रिया