२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

रामचन्द्र पौडेल : दुई तिहाई सरकारले कुन नयाँ योजनाको उद्घाटन गर्यो ?

1281 Shares
Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सरकारको पालामा बनेका योजनालाई उद्घाटन गर्ने बाहेक नेकपा नेतृत्वको सरकारले केहि नयाँ गर्न नसकेको बताएका छन् । नेता पौडेलले नेकपा नेतृत्वको सरकारले दुई तिहाई जनमतको उपहास गरेको पनि आरोप लगाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको समयमा बनाइएका योजनाको उद्घाटन गर्दै नेकपाका नेताहरुले त्यहि मञ्चबाट नेपाली कांग्रेसलाई नै गाली गर्दै समय गुजारेकोसमेत आरोप लगाएका छन् । उनले दुईतिहाई सरकार आएपछि देशले विकासमा फड्को मार्ने र समृद्धिको यात्रामा अगाडि बढ्ने आशा निराशामा परिणत भएको बताए ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘दुई तिहाईको ताकतले देशमा ठुलो विकासको फड्को मार्ने आशा थियो र देशको समृद्धिको यात्रालाई अगाडी बढाउनु पर्ने थियो, तर देशमा न कुनै उद्योग खुल्न सकेको छ, न कुनै नयाँ योजना शिलान्यास गर्न सकेको छ ! केवल हामीले बनाएका योजनाहरु उद्घाटन गरेर त्यही मञ्चबाट हामीलाईनै गाली गर्न पाएका छन् ।

प्रतिक्रिया