२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

ज्ञानेन्द्र शाहीलाई थाल ठटाएर लखेट्ने रमेश पौडेलको चेतावनी

2412 Shares
Spread the love

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपको भातृसंगठन राष्टिय यूवा संघका सहसंयोजक रमेश पौडेलले आफुलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाही लागायत उनका टिमलाई सामन्तवादको अवशेषको सज्ञा दिएका छन् । संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पौडेलले त्यस्ता सामन्तवादका प्रेतआत्माहरुलाई धेरै सलबलाए थाल ठटाएर लखट्ने चेतावनी दिएका छन् । केहि व्यक्तिहरु अहिले पनि चिहानमा गाडिएको राजतन्त्रलाई पनि फेरी बचाउँन सकिन्छकी भनेर हात धोएर लागेका छन् , उनिहरुको दिवा सपना कुनै हालतमा पुरा नहुने पौडेलले बताए ।

केहि दिन अघि नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई माथि ज्ञानेन्द्र शाहि लगायत उनका अभियान्ताहरुले गरेको दुरव्यवहारको निन्दा गर्दै पौडेलले ज्ञानेन्द्र शाहीलाई होइन ज्ञानेन्द्र शाहलाईनै ठिक पार्ने चेतावनी दिँदै धेरै नसल्बलाउँन चेतावनी दिएका छन् । पौडेलले भने ज्ञानेन्द्र शाहीको के कुरा भयो र हामी यिनका मालिक जो सँग यिनले अलिअलि जुठो खान्छन् ज्ञानेन्द्र शाहलाईनै ठिक पारेर आएर मान्छेहरु हौ सामन्तवादका प्रेतआत्माहरुले धेरै चुरीफुरी नदेखाउँन ।

अन्तरसंवादमा सहसंयोजक पौडेलले पत्रकार सम्मेलनमानै सुरक्षित नभएको मान्छे बाहिर कहिँकतै सुरक्षित नभएको भन्दै व्यवस्था विरोधी गतिविधि गरिरहे जनतालेनै उनिहरुलाई प्रतिरोध गर्ने स्पष्ट पारे

प्रतिक्रिया