1802
Shares
सुनसरी-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी देखाइएका रेशमलाल चौधरी छिट्टै रिहा हुने संकेत दिएका छन्।
जितिया पर्वको अवसरमा सुनसरीको झुम्कामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनामा जोडिएका सबै झुठा मुद्धा खारेज हुने स्पस्ट पारे। सो विषयमा नेकपाभित्र नेताहरुबीच सैद्धान्तिक सहमति भइसकेको बताएका अध्यक्ष दाहालले अब छिट्टै सहमति कार्यान्वयन हुने बताए।
जनताले चुनेर निर्वाचित भएका चौधरीलाई राजनीतिक मुलधारमा ल्याउने बताएका अध्यक्ष दाहालले जननिर्वाचित चौधरीलाई राजनीति क्षेत्रमा ल्याउन पार्टी एक भएको बताए।
थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी बिकास राज्यमन्त्री रामकुमारी चौधरी, नेकपाका प्रदेश संयोजक भीम आचार्यको समेत सहभागिता रहेको थियो।