1877
Shares
काठमाडौं: दसैँ भन्ने बित्तिकै ‘नयाँ नोट’ सँगसँगै आउँछ। टिका लगाउँदा नयाँ नोटको आदानप्रदान हुने प्रचलन पुरानै हो। टिका सुरु भएसँगै नयाँ नोट बजारमा छ्यापछ्याप्ती भेटिन्छन्।
तर यो वर्ष नयाँ नोट बजारमा यसरी देखिने सम्भावना कम देखिएको छ। दशैंमा बजारमा ल्याइने नयाँ नोटको आयु छोटो हुने भन्दै नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण बन्द गर्ने तयारी गरेको छ।