२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

देउवाको बोली बुझिन भन्ने राष्ट्रपतिलाई प्रवक्ता शर्माको पेचिलो प्रहार

623 Shares
Spread the love

असोज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्युसन पढ्न आग्रह गरेका छन् शनिबार कांग्रेसको जागर अभियानका लागि इलाम पुगेका प्रवक्त शर्मा राष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका हुन् गत शुक्रबार राष्ट्रपति भण्डारीले गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रममा कांग्रेससभापति शेरबहादुर देउवाले बोलेको केही बुझिन भन्दै मजाले हासेकी थिईन्

उक्त घटनापछि अधिकांशले राष्ट्रपति भण्डारीको आलोचना गरिहेका छन् । उनले देउवाको खिल्ली उडाएको भन्दै पदीय मर्यादाको ख्याल नगरेको भन्दै राष्ट्रपति आलोचित बनिरहेकी हुन् । यस बिषयमा कांग्रेसका नेता तथा सांसदहरुले कुनै कुरा नउठाईरहेको सन्दर्भमा प्रवक्ताले भने राष्ट्रपतिलाई ट्युसन पढ्न आग्रह गरेका हुन् । उनले भने “राष्ट्रपतिले आफुले के बोल्ने, के नबोल्ने भन्ने बारेमा ज्ञान छैन भने उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ। कम्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन् ।  कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे” ।

उनले अगाडी थप्दै भने “बोली बुझिने ४ जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएन, तर बोली नबुझिने कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो देशले संविधान पायो, अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनैतहको निर्वाचनसमेत भयो।”  स्वर्गीय नेता सुशील कोइरालको बारेमा पनि बोल्दै उनले भने “कांग्रेसका सुशील कोइरालाको बोली बुझिँदैन थियो तर उहाँकै नेतृत्वमा देशले संविधान पायो ।  वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिँदैन तर उहाँकै नेतृत्वमा देशमा तीनै तहको निर्वाचन सम्पन्न भयो। “बोली बुझिने कम्युनिस्ट नेताको नेतृत्वमा सरकारहरु बने तर संविधान बनेन तर बोली बुझ्ने कम्युनिस्ट नेताको कर्म नबुझ्दा देशका जनता हैरान बनेका छन्” उनले भने ।

प्रतिक्रिया