२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“राष्ट्रपतिको अभिव्यक्तिमा चित्त दुखेको छैन” :- देउवा

1822 Shares
Spread the love

असोज ५ -राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खिल्ली उडाएको भन्दै यतिबेला व्यापक आलोचना भईरहेको छ । देउवाको बोलीको अस्पष्टतालाई लिएर राष्ट्रपतिले खिल्ली उडाएको भन्दै विभिन्न टिकाटिप्पणी भईरहेका बेला देउवाले भने राष्ट्रपतिको अभिव्यक्तिप्रति आफनो चित्त दुखाएका छैनन। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपतिको भनाईलाई सामान्यरुपमा लिएका छन्।

देउवाले राष्ट्रपतिको कुरालाई सामान्यरुपमा रहेको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् । देउवालाई लिएर राष्ट्रपतिको अभिव्यक्तिपछि राष्ट्रपतिको सामाजिक सञ्जालमा चर्काे आलोचना भईरहेका बेला स्वकीय सचिव देउवाले यस्तो बताएका हुन् । गएको शुक्रबार गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले घुमाउँरो शैलीमा देउवाले बालेको केही नबुझेको भन्दै मजाले हासेकी थिईन् ।

उक्त कार्यक्रममा उनले भनेकी थिईन् “मञ्चमा आएर बोल्दा खेरी केही नबुझिने रहेछ । नेताहरु जोस्सिएर बोल्नुभो । सबैले ताली बजाए । राम्रो बोल्नु भयो होला भन्ने चाही लाग्यो । तर के कुरा बोल्नु भो भन्ने चाही मैले आवाजै बुझिन्” । राष्ट्रपतिले देउवाको बोली अस्पष्टतालाई खिल्ली उडाएको भन्दै खुबै आलोचना भईरहेको छ ।

प्रतिक्रिया