२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

फेरी सुनको मूल्य बढ्यो

1663 Shares
Spread the love

काठमाडौं –सुनको मूल्यमा आज वृद्धि भएको छ । अघिल्लो दिन रु ७१ हजारमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा रु ३०० ले बढेको हो। पछिल्लो समय सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ।

आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भइरहेको छ भने तोजावी सुन प्रतितोला रु ७१ हजार मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

अघिल्लो दिन शुक्रबार तोलामा रु ३०० ले बढेर रु ७१ हजार मा पुगेको सुनको मूल्य आइतबार पनि फेरि बढेको हो। गत साउन सुरुवातदेखि नै लगातार बढेर रु ७३ हजार ५०० सम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको थियो। असोज दुइ गते देखि भने सुनको मूल्य लगातार बढीरहेको छ।

भदौ १८ गते हालसम्मकै उच्च मूल्य रु  ७३ हजार ५०० मा कारोबार भएको सूनको मूल्य त्यस यता रु २ हजार २०० ले घटेको छ । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरु बताउँछन्।

आइतबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा रु ५ ले बढेर प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला रु ८६० मा खरीद बिक्री भएको थियो।

प्रतिक्रिया