२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

ग्यासको मूल्य घट्यो

2501 Shares
Spread the love

काठमाडौ  । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।’ हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडान तर्फको बिक्री मूल्यमा पनि समान्य घटाएको छ । भ्रमण बर्षलाई टेवा पु¥याउन हवाई इन्धन(अन्तर्राष्ट्रिय) तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको प्रवक्ता गोइतले बताए ।
उनले भने, ‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ ।’

प्रतिक्रिया