२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ” :- डा भट्टराई

766 Shares
Spread the love

असोज २ -समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संविधान संशोधन नभए ठूलो दुर्घटना हुने बताएका छन् । आज बिहिबार संघीय संसदको बजेट अधिवेशन समापनमा बोल्दै डा भट्टराईले यस्तो बताएका हुन् । संविधान संशोधन नगरेर आफूहरुले ठूलो गल्ती गरिरहेको उनको भनाई छ । बैठकमा बोल्दै उनले भने “हामीले गल्ती गरिरहेका छौँ। हिमाल पहाड तराई सबैको स्वीकार्य भएन भने जतिसुकै गुणगाण र बखान गरे पनि अर्थ छैन। संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ।”

संविधानले सबै नेपालीहरुको भावना समेट्न नसकेको भन्दै उनले संविधान संशोधन गर्नु पर्ने बताए । संविधानका दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अगाडी भने “संविधान ढुंगामा कुँदेको अक्षर होइन, हिमाल, पहाड, तराईका जनताको भावना समेट्न यसलाई संशोधन गरौँ, संविधान आधा भरी गिलास छ ।  आधा खाली गिलास छ। यसलाई पुरै भरी बनाउन संशोधनको विकल्प छैन । ” ४ बर्षसम्म पनि संविधान संशोधन हुन नसकेको भन्दै उनले सरकारले यो गल्तीलाई सुधार गर्नु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया