काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।
‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।
પ્રધાનમંત્રી શ્રી @narendramodi જી ને જન્મદિન પર હાર્દિક શુભેચ્છાઓ! હું આપના સારા સ્વાસ્થ્ય, સુખ અને કુશળતાની કામના કરું છું.
આપણે સાથે મળી બહુપક્ષીય નેપાળ-ભારત સંબંધોને વધુ મજબૂત કરવા માટે કામ કરતા રહીશું.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2019
Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being.
We will continue to work together for further consolidating multifaceted Nepal-India relations.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2019